भारतमा आर्य सभ्यता तथा शासनको थालनि हुन थालेपछि उनिहरुबाट सताईएका किरातहरु तिब्बत तिर लागे। यिनिहरु मध्ये सुवाहाङका छोरा मुनाफेनहाङले तिब्बतमा शासन स्थापना गर्न सफल भए। यिनको लासाहाङ भन्ने छोराले आफु राजा हुँदा तिब्बतिहरुलाई बढी अन्याय गरेको हुनाले जनताले उनलाई मारीदिए। उनका उवाहाङ र चावाहाङ छोराहरुमध्ये जनताले कान्छा चावाहाङलाई राजा बनाएपछि भाईको अधिनमा बस्न नचाहि उवाहाङ दक्षिण, तिब्बत हुदै नेपालको ताप्लेजुङमा आईपुगे। जहाँ सानमकवान किरातिहरु शासन गर्दथे। शुरुमा झगडा भएपनि पछि उनीहरु बीच मिलमिलाप भयो। उवाहाङले किराती गाउँले राजाहरुलाई किराति ऋग्वेद पनि सिकाए भनिन्छ। उनी पछि उनका छोरा माबोहाङ राजा भए।जसले किरातहरुलाई युमा धर्म सिकाए। उनको पुस्ता पछि यिनै किरातिहरु तामाकोशी, सुनकोशी हुदै सिक्किमतिर पनि लागे।
भारतमा आर्य सभ्यताको थालनि हुन थाले पछी वा आर्य प्रभाव आएपछी त्यहाँका किरातिहरु बिस्थापित हुदै नेपालको काठमाण्डौ उपत्यकामा प्रवेश गरेका ईतिहासमा पाईन्छ। उपत्यकामा यस जातिले लामो अवधिसम्म शासन गरे। यसबाट के देखिन्छ भने भारत र नेपाल दुबै ठाउँमा आर्य सभ्यता भन्दा पुर्वनै किरात सभ्यताको बिकास भएको पाईन्छ। दरप्पा र महेनजोदारोको उत्खनन् बाट शिव पार्वतीको मुर्ति फेला परेका छन्। शिवलाई पारुहाङ र पार्वतिलाई सुम्निमा भनी आज पनि किरातिहरुले पुजा गर्दछन्। उत्खनन् बाट किरात सभ्यता सिन्धु सभ्यता भन्दा पनि पुराना देखिन्छ।