मानब जातिको उत्पति उनिहरुको उद्गगमस्थल यसको बिकास प्रक्रीया अति रोचक र  रहस्यमय छ।बैज्ञानिकहरु जति-जति खोज अनुसन्धानको क्रममा मानव जातिको अतितको  नजिक-नजिक पुग्छन।यसले अझ बढि रोमान्च हाम्रा सामु उभ्याई दिन्छ। यसरी एक  दिन हाम्रो अतित कस्तो थिएछ भनि जान्न सफल हुने छौ।हाम्रा मनव पुर्खाहरु को  कस्ता थिए भनि उनिहरुलाई हामिले नजिकबाट जान्न समर्थ्य हुने छौ। हालसम्म  जाति वा अर्ध मानवजातिमा भेटिएका अवशेषहरु लगभग १ करोड ५० लाख बर्ष पुरानो  भएको अनुमान गरिएको छ। बैज्ञानिकहरुको अनुमान अनुसार १० लाख् बर्ष भन्दा  अगाडिका अर्ध मानव वा मनव आर्कृतिका जो उभिएर दुई खुट्टा टेकि हिडनसक्थे  उनिहरुलाई 'होमो ईरेक्टर्स' जातिका भनिन्थे। त्यसभन्दा अगाडिका मानव जाति  के कस्ता थिए बैज्ञानिकहरुको खोज अनुसन्धान जारि छ।बिश्वका धेरै जसो  वैज्ञानिकहरुलाई के बिश्वास थियो भने आज भन्दा १० लाख् बर्ष अगाडिसम्म  विश्वभरि छरिने क्रममा मानव जातिका पुर्खाहरु नै बांदरको आकृति भएको, ठाडो  भएर हिड्न सक्ने जिब जसलाई वैज्ञानिकहरुले 'होमो ईरेक्टर्स' नाम दिएका थिए  जुन अफ्रीका महादेसमा पहिलो पटक देखा परेको थियो। उनि नै हाम्रा पुर्खा थिए  भन्ने बिस्वास गरेका थिए भने अर्को थरिका वैज्ञानिकहरुका मत भने मानव  उत्पति एकै ठाउँमा नभै विश्वको बिभिन्न ठाउँमा अलग अलग भागमा उत्पति भै  फिजिदै गएको हो भन्ने थियो। तेस्रो पक्षले यस भन्दा पनि अलग जातिका जसलाई  Neanderthal मानव भनिन्थे। उनिहरु हालका युरोपियन जातिका पुर्खा थिए भन्ने  मत पेस गर्दै आएका थिए। कारण मानिसहरुको रंङ,रुप, उचाई बनावट र बिभिन्न  स्वाभाव आदि नै मुख्य कारण थियो।  यसै बिच आज भन्दा १० बर्ष अगाडि मात्र  विश्वको बैज्ञानिकहरुले साउथ अफ्रीकामा एक नयाँ मानव अवशेष Fossil फेला  पारे यो मात्रा २ लाख बर्ष पुरानो थियो। यो अवशेषलाई अत्याधुनिक  मेसिनद्वारा बैज्ञानिकहरुले जाच गरे यसको डि.एन.ए. पनि परिक्षण गरे। यो एक  नारिको अवशेष भएको पत्ता लगाए, बैज्ञानिकहरुले यसको नाम 'ईभ' भनि राखे।  त्यस पछि बैज्ञानिकहरुले बिश्व सामु आफ्नो अधिकारिक निर्णय सुनाए। उनि  'होमो सेपियन’ जातिकि थिईन। उनि नै आजको हाम्रो मानव जातिको पुर्खा थिइन।  उनि यस आधुनिक मानव सभ्यताको मुलि वा पहिलो सृष्टि थिइन। यस खबरले बिश्व  भरि सनसनिपुर्ण खबर फैल्यायो। तर आजसम्म 'ईभ' को पति को थिए? र कहाँ को हो  पता लगाउन बाँकि छ। बैज्ञानिकहरुको दाबि भने आजको हाम्रो आकृति २५ देखि ३०  हजार बर्ष पुरानो मात्र हो भने प्रकृतिको 'ईभोलेसन' प्रकृया जारि छ। पछि  गएर हाम्रो हालको आकृति कस्तो हुने हो भनि हाल्न सकिदैन। तर हालसम्म हाम्रो  आमा 'ईभ' नै हो भनि साबित भएको छ। बैज्ञानिकहरु र जिवशास्त्रीहरुको खोज र  अनुसन्धान अनुसार 'होमो ईरेक्टर्स' र 'होमो सेपियन' दुबै जिवको उत्पति र  उद्गगम थलो अफ्रीका महादेसमा भएको ठोकुवा गरेका छन। त्यँहाबाट उनिहरु  सुस्त-सुस्त गरि अनुकुल वातावरण र आहाराको खोजिमा ठाँउ सर्दै गए। यो सबै  बसाई सराई को क्रममा 'होमो सेपियन' जातिका मानव पुर्खाहरुका एक टोलि  ईन्डिया उपमहादेसमा आज भन्दा ६० हजार बर्ष पुर्व आईपुगेका थिए भनि 'द  टेलिग्रफ डेलि पत्रीका' को साप्ताहिक बैज्ञानिक पत्रीका (नोहाउ) ले सन्  १९९९ को अंकमा प्रकासित 'ईभस्' फुट प्रीन्ट' को अनुसार त्यहाँ आइपुगेको हो।  त्यहाँबाट पनि जनसंख्याको चापको कारण अरु कुनै कारणले गर्दा आज भन्दा १०  हजार वर्ष अगाडि चिन तिर पनि लागे भने अर्को दल दक्षिण पुर्व ईन्डिया वा  जाभा तिर लागे, चिन र दक्षिण एसियाबाट पुन: फर्कि भारत तिर आए। उनिहरु भारत  प्रवेश् गर्नु भन्दा पहिलो मध्ये एसियामा आइपुगेका र सम्भवत अफ्रीकाबाट एक  टोलि मंगोलिया तिर लागे। मंगोलिया र चिनबाट केहि दल अमेरिकातिर आजभन्दा १५   हजार बर्ष पहिला प्रबेश गरे। त्यस बेला अमेरिका र एसिया जोडिएको थियो।  मंगोलिया पुग्नेहरु पुन: मध्यएसियातिर फर्किएर आए। केहि युरोप महदेसतिर  लागे भने केहि अफ्रीका महादेसको बिभिन्न ठाउँमा बसोबास गर्न थाले। एक ठुलै  दल मध्यएसियामा पसे। यसरि नै हाम्रा पुर्खाहरु विश्वभर छरिएर घुम्न थाले। 
      मानव जातिको पहिलो उत्पति अफ्रीका महादेसमा भएपछि जब उनिहरुमा केहि  चेतनाको बिकास हुन थाले तव त्यस महदेसको उत्तर पुर्वतिर लागेको पाईन्छ।  यसरी उनिहरु बिस्तारै-बिस्तारै गर्दै मध्यएसियामा आईपुगे। त्यहाँबाट एक दल  भारत उपमहादेसतिर लगे। आज भन्दा अन्दाजि १ करोड ५० लाख वर्ष पहिला  त्यहाँबाट पनि अझै सदै पुर्वको चिनतिर पुगे। चिनमा भेटिएका मनव अवशेषहरु १  करोड ४० लाख् बर्ष पुरानो भएको पत्ता लागेको छ जसलाई 'पेकिङ्म्यान' नाम  राखे। एक दल दक्षिणपुर्व एसियातिर लागे। त्यहाँ पनि त्यस्तै प्रकारका  अवशेषहरु भेटिएको छ। अन्दाजि ७० हजार बर्ष पुरानो जसलाई 'जाभामेन' भनि नाम  राखे। अर्को दल मध्यएसियाबाट उत्तरपुर्व हुदै मंगोलिया पुगे तर उनिहरुको  बसाई सराई भने जारि रह्यो। उनिहरुको एसिया महादेसमा धेरै पटक ओहोर दोहोर  गर्दै रहेको अनुमान छ। तर यहाँ एक रोचक कुरा के छ भने प्राय: जसो सबै मानव  जातिका पुर्खाहरु उनिहरुको उद्वगम थलोबात पुर्व दिशातिर लागेको पाईन्छ।  आखिर किन? अनुमान लगाउँदा उनिहरुको जति जति बुद्धिको बिकास हुदै गयो मानसिक  चेतनाको क्रमश: बिकास हुन थल्यो र सुर्यलाई आफ्नो जन्मदाता सम्झि उसलाई  भेट्टाउनलाई नै पुर्वतिर लगेको हुन सक्छन। यहाँसम्म कि भारत र  अस्ट्रेलियाको बिचमा हिन्दमहासागर नभएको भए उनिहरु सिधै भारत,अस्ट्रेलिया  आईपुग्ने थिए होलान। पश्चिम र उत्तरतिर धेरै बर्ष पछि मात्र गएका पाईन्छ।  उनिहरु 'होमो ईरेक्टर्स' बर्गको थिए भन्ने बैज्ञानिक र जिवशास्त्रीहरुको  भनाई छ। तर बिभिन्न ठाउँमा छाडि कहाँ गए वा हराए अझ पनि खोज अनुसन्धानको  बिषय बनेको छ। यस्तै अवशेष नेपालको बुटवल नजिक तिनाउ नदिको नजिक रहेको  गुफामा १ करोड १० लाख बर्ष पुरानो अवशेष फेला परेको छ। त्यसैले नेपाल पनि  मानव जातिको उद्वगम थलो हुन सक्ने डा प्रपन्नाचार्यले लेख्नु भएको 'वेदमा  के छ' भन्ने  बिषयमा वहस हुन नसक्ने ठाउँ छैन।    
      पुराना किरात वंशहरु पनि बसाई सराईको क्रममा ‘मुनातेम्बे’ भन्ने  ठाउँबाट मध्यएसियाको कुश 'काँशी' क्यास्पियन प्रदेसबाट अफगानिस्थानको पहाडि  बाटो भएर भारत उपमहादेसमा आजभन्दा लगभग १५ हजार बर्ष पुर्व आईपुगेको  अनुमान छ। उनीहरु सिन्ध्र प्रदेस,कास्मिर, पन्जाब, उत्तरप्रदेस हुदै धेरै  ठाउँमा राज्य संचालन गरे। उनिहरु धेरै निपुर्ण र सभ्य थिए। त्यस ठाउँमा  धेरै उन्नति र प्रगति गरेको अनुमान खोज र अनुसन्धानमा पत्ता लागेको छ। यसै  बिचमा उनिहरुसंग चिनाजानि र संगै कुश प्रदेसमा बसेका अर्को थरि मानिसहरुको  प्रवेश भारत उपमहादेशमा भयो। उनिहरुलाई आर्य भनिन्थे। आर्यहरु निकै सभ्य  थिए। उनिहरु  पनि कविला प्राथा कै थिए। आर्यहरु भारत प्रवेश् आजभन्दा ५  देखि ८ हजार बर्ष पुर्व भएको ईतिहासकारहरुको अनुमान छ। आर्यहरुको आगमन पछि  केहि किरातहरु भारतको उत्तर खण्ड हिमालतिर लागे। केहि भारतमै त्यहाँका  आदिबासि भएर बसे। भारत छोडेर हिडेका एक दल किरातहरु आजभन्दा ३ हजार बर्ष  पुर्व बसाई सर्दै बर्माको उत्तर भाग र चिनको पश्चिम सिमानाको सान प्रदेस  भन्ने ठाउँमा पुगेका थिए। उनिहरु केहि होचा,पहेला रंग भएका चेप्टो अनुहार,  नेप्टो नाख, चिम्सो आँखा हँसिला र एकदम बलिया प्रकारका मानिस थिए। उनिहरुको  भाषा र लिपि पनि अति रोचक थियो, उनिहरुले आफुहरुलाई ताईसाई बंशी भन्दथे।  जुन आजका आधुनिक दश् लिम्बुको पुर्खा भएको अनुमान छ। हाल दश सरदार  लिम्बुहरुको पुरानो सन्तान को को हुन भनि छुट्ट्याउन गारो छ। कारण लामो समय  भित्र धेरै परिवर्तन भै  सकेको र अरु अरु जातिहरुसंग पनि बिबिध प्रकारका  सम्बन्ध र बैबाहिक सम्बन्ध समेत भैइसकेको कारणले पनि ठेट लिम्बु छुट्याउन  गारो छ। ईतिहासकारहरुको भनाई अनुसार लिम्बुहरु लिम्बुवान प्रदेशमा तिन  तिरबाट प्रवेश् गरेका हुन भनेका छन। जस्तै ताईसान बंशी पुर्ब बाट,  ल्हाशाबंशि उत्तरबाट, काशीबंशी 'कास्य' पश्चिमबाट। पुर्बबाट प्रवेश गर्ने  सानमकवान बंशीहरु लिम्बुवान प्रबेशको क्रममा केहि बंशहरु आसाममै रहेको र  उनिहरु पछि त्यहाँबाट मोरङमा आई राज्य स्थापना गरी बस्न थाले। यी दश  सरदारहरुले थाहा पाई उनिहरुलाई उनिहरुलाई त्यहाँबाट लखेटे। उनिहरु  त्यहाँबाट उत्तर तिब्बत लागे। त्यहाँ उनिहरुले राज्य गरेको ईतिहासमा  पाईन्छ। उनिहरु तिब्बतमा धेरै बर्ष बसेपछि त्यहाँबाट हाल नेपालको  ताप्लेजुङ् तिर झरे, उनिहरुलाई लशाबंशि भनिन्छ। उनिहरुले त्यहाँ आई युमा  धर्मको प्रचार गरे। आजसम्म पनि लिम्बु जातिहरुमा युमा धर्म मान्ने चलन छ।  उनिहरु लिम्बुवानका दश सरदारका बंशहरुसंग समाहित भए। मेन्याङ्बो बंशावलि  अनुसार केहि लिम्बुहरु लशाबंशमा पर्दछन, परे पनि लिम्बुहरुले बंशको त्यति  महत्व राख्दैनन् र खास यसै हो भन्ने आधार पनि छैन। पुराना ईतिहासकारहरुको  भनाईलाई मान्ने हो भने हालका सबै किरातिहरु 'कास्य' बंशका हुन भन्दा फरक  नपर्ला। कारण 'कस्य' बंशिहरु मुनातेम्बे भन्ने ठाउँबाटनै आएका हुन।  ल्हाशाबंशी ताईसानबंशी र अरु अरु बंशहरु त धेरै पछि मात्र ईतिहासमा देखा  परेका हुन। जे होस हाल नेपालमा रहेका आदिबासी जनजाति मध्ये लिम्बु जातिले  विशिष्ठ स्थान ओगटेको छ। सामाजिक स्थान, लिम्बुहरुको उच्च छ भने आर्थिक,  शैक्षिक क्षेत्रमा भने उनिहरु अरुको दाँजोमा पछाडि परेका छन्। तर उनिहरुले  हजारौ बर्ष पुरानो भाषा र लिपिलाई बचाई राख्नु नै लिम्बुहरुको गौरवमय  आधुनिक ईतिहास हो। तर उनिहरुको सरल जिवनयापन र सिधापनको कारण उनिहरुले  चाहेर पनि राष्ट्रीय निर्माण जस्तो गहन कार्यमा जिम्मेवारि निर्वाह गर्न  पाएका छैनन्। यो नै उनिहरुको दु:खत पक्ष हो। यदि नेपाल सबैको साझा देश हो  भने यस राष्ट्रको महान निर्माण र बिकास कार्यमा लिम्बु जातिको पनि संलग्नता  हुन आबश्यक छ। लिम्बुहरुको ईतिहास रिति थिति ,भषा, लिपिलाई आजसम्म सवल र  जिवन्त राख्नलाई लिम्बुहरुको तिन पुरोहितहरुको एतिहासिक जिम्मेवारि रहेको  पाईन्छ। लिम्बुहरुको मुख्य मुन्धुम अति सरल छ। यसको मर्म बुझ्नेहरु जो कोहि  पनि प्रभावित हुन्छन्। यस मुन्धुमले लिम्बुहरुलाई हजारौ बर्ष देखि एकताको  सुत्रमा बाँधिराख्न सफल भएको छ। साधारण ब्याक्ति र पुरोहितद्वारा गरिएको  मुन्धुमको बाख्यानमा धेरै अन्तर छ। मुन्धुम ब्याक्त गरेको समयमा  पुरोहितहरुमा प्रमात्माको बास बसेको पाइन्छ भने साधारण ब्याक्तिमा  प्रमात्माको बास बसेको हुदैन्। त्यस समयमा पुरोहितहरुलाई प्रमात्माले  उनिहरु लाई निर्देशित गरिरहेको हुन्छ, जुन सधारण मनिसलाई हुदैन्। यहिनै  मुख्य पुरोहित र साधारण मानिसहरुमा अन्तर पाइन्छ। प्रामत्मा चडिरहेको  पुरोहितलाई मुन्धुम सुन्न बुझ्न आउनेहरु भने हामी केहि नजान्ने मुर्ख हौ,  भुल भयो क्षमा पाउँ भनि बिन्ति चडाउछन्। त्यसैले प्रमात्मा चडेको पुरोहितले  अन्य साधारण ब्याक्तिहरुलाई मुर्ख हौ भनि सम्बोधन गर्ने प्रचलन छ।
पुरोहितहरुले मुन्धुमको अतिरिक्त साम-माङ अथवा प्राकृतिक देबि देवताहरुको सहयोग लिई बिमारिहरुको उपचार गर्दछन्।उनिहरुले जडिबुटि पनि उपचारको लागि उपयोग गर्दछन्। यो आज पनि चलनमा छ। यो चलन आदिकालबाटै भै रहेको उनिहरुको भनाई छ। त्यो भन्दा पनि चाखलाग्दो कुरा उनिहरुको तन्त्रबिधा हो। यस बिषयमा धेरैलाई थाहा नहुन सक्छ। यो अति पुरानो बिधा हो। उनिहरु तन्त्रबिधामा निपुर्ण थिए, तन्त्र बिधा कै प्रयोगबाट उनिहरुले बिरमसान,मसान र भुत प्रेतहरुलाई रातभरी खेति गर्न बाटोघाटो, पुल पुलेसो बनाउने काम लगाउँथे। हिजो आज यो एक किसिमले दन्त्य कथा सरह भै सकेको छ। तर यसको प्रभाव गाउँ घर तिर अझ पनि छ। लिम्बुहरुको तिन पुरोहितमध्ये बिजुवा अथवा येबाको मुख्य भुमिका हुन्छ। पुरोहित हुनलाई जो सुकैलाई सिकाएर हुने भने होइन, जसलाई दैवी शक्ति अथवा प्रमात्माले चाहान्छ उसलाई मात्र गुरुले बिधिबिधान रितिरिवाज र तन्त्र मन्त्र सिकाउँछ। येबा हुनलाई तन्त्र मन्त्र सिक्नु कठोर हुन्छ। पुरा बिधा सिक्नलाई तिन चार बर्ष सम्म लग्न सक्छ। गुरुलाई शिष्यले अब सबै कार्य स्वतन्त्र रुपले गर्न सक्छ भन्ने लागे पछि मात्र उसले आफ्नो शिष्यलाई गाउँ घरका सबै मान्यजनको सामु शिक्षा दिक्षा दिने गर्छ, गुरुले शिष्यलाई उपहारको रुपमा सबैको सामु आफ्नो तन्त्र शक्तिद्वारा उत्पादित गरेको कुनै एक बस्तु दिन्छ। उनिहरुको यो रिति अति रोचक र अदभुत मानिन्छ। तर गुरुहरुको खराब नियतले गर्दा आफुले सबै भन्दा राम्रो तन्त्र बिधा राखि अनि मात्र चेलालाई दिने प्रचलन भएकोले आज यस्तो अदभुत तन्त्र बिधा प्राय:जसो लोप भैसकेको छ। ति तिन पुरोहितहरुको कार्य बिभाजन आफ्नो उपाधि अनुसार धर्म कर्मको कर्यमा संलग्न हुनुपर्दछ। फेदाङमाको काम घर भित्रका देवि देवता जन्म मरण आदिको कार्य सम्पादन गर्ने जिम्मा उसको रहन्थ्यो भने 'सम्बा' ले जडिबुटि वा आयुर्वेदिक र जन्म मृतुको लेखा रख्ने जिम्मा रहन्थ्यो भने येबाले मुन्धुमको बाख्यान यसको संरक्षण, दुष्ट प्रेत आत्माबाट मानवलाई सुरक्षित राख्नु अरु येस्ता कैयौ मानव भलाईको लागि कार्य गर्ने उसको जिम्मा हुन्थ्यो। हाल एकै पुरोहितले सबै कर्य गर्ने गरेको पनि पाईन्छ। यसले गर्दा पनि मुन्धुम बिधा र त्रान्त्रीक बिधामा ह्रास आईरहेको छ। हामी लिम्बुहरुले यसलाई जिवन्त राख्नलाई यस प्रति खोज अनुसन्धान गर्नु पर्ने समय आईसकेको छ। साथै पुरोहितहरुलाई प्रचलनमा ल्याउदै गर्नु पर्छ नत्र भने सधैको लागि तन्त्र मन्त्र बिधा मात्र होइन हाम्रो रिति रिवाज र संकृति कै लोप हुने सम्भवना छ। त्यस पछि भने हामि न त लिम्बु न त तागाधारि हुने छौ।
      अधिकांश लिम्बुहरु आफुलाई ‘सुर्य बंशि’ हौ भन्दछन तर त्यसको कुनै  एतिहासिक प्रमाण फेला पार्न सकेको छैन। कसैले हामी काशी बंशी हौ भनि दाबि  गर्नेहरु पनि पाईन्छ तर त्यसको आज सम्म औपचारिक पुष्टि गर्न बाँकि नै छ।  पश्चिमतिरबाट काशी बंश वा गोत्र लिम्बुहरु यहाँ प्रवेश गरेका हुन तर यसको  पनि आज सम्म भरपर्दो तथ्य प्रमाण हाम्रो सामु छैन। यो खोजको बिषय बनेको छ।  यो मेन्यङबो बंशावलिको खोज र अनुसन्धानको क्रममा बंशावलि तयार पार्दा मुख्य  वस्तु बिषय भन्दा केही फरक वा बंशावलि संग सिधै मेल नखाए पनि मेन्याङबो  बंशले जानि राख्न पर्ने देखिएको र भबिष्यका लेखक तथा खोजकर्ताहरुलाई सहज र  सजिलो सिद्व होस् भनि लेखने काम मात्र गरेको हु। यसमा भएका घटनाक्रमहरु,  एतिहासिक पक्षहरु र मानव जातिको उदगम थलोको खोजि आज पनि जारि छ। हाल सम्म  भेटिएका आदि मानव अबशेषहरु भन्दा अगाडिका पनि नभेटिएला भन्न सकिन्दैन। यहि  लेख्लाई नै ठिक छ भन्नु 'मेरो गोरुको बार्है टक्का' भन्नु सरह हुन्छ।  हाम्रो पुर्खा आमा 'ईभ' को पतिको खोज पनि जारि छ। मानव उत्पतिको सबुत  प्रमाणको लागि भेटिएका अवषेशहरु बिभिन्न समय, काल र बिभिन्न ठाउँबाट उपलब्द  भएको हो। अझ भेटिने सम्भवनाहरु प्रसस्त रहेको हुनाले यो नै अन्तिम नभएको  सम्पुर्ण मेन्याङबो समुदायहरुमा मेरो हार्दिक अनुरोध् छ।