Friday, April 8, 2011

पुर्खा थिन्दोलुङ खोक्याहाङ का बिभिन्न सन्ततीहरु

१, मेन्याङ्बो:- थिन्दोलुङ खोक्याहाङ हस्तपुर गढीमा बसी राज गर्न थाले। उहा कै पुस्ता ८औ मेमेहाङ का शासनकाल चलिरहेको थियो। त्यसै बेला राज्य सन्चालन सहयोगी 'योङ्याहाङ' हरुले १, केरुङ २, तावा ३, जबेगु बशाका लिम्बु हरु को सहयोग लिई राज बिध्रोह गरी मेमेहाङ्लाई हस्तपुर यक बाट हटाउन सफल भए। त्यस पछी मेमेहाङ थेचम्बु मा आई राज्य गर्न थाले। यो घटना १४७७-१४८० तिर भएको अनुमान छ। मेमेहाङ्का १२औ पुस्ता आई पुग्दा थेचम्बुमा राजा थिन्दोलुङ युहानकेप को शासनकाल थियो। त्यहा पनि योङ्याहाङ हरुले पुन:अचानक आक्रमण गरे। त्यस युद्द मा राजा रानी लगायत पर्जा पनि धेरैको मृत्‍यु भए भनिन्छ। यो युद्द तीन दिन सम्म चलेको अनुमान छ। त्यसै बेला थिन्दोलुङ युहाङ्केपका तीन नाबालक राज कुमार हरु पनि थिए,तर जनताले राज कुमार हरु लाई लुकाएका हुनाले योङ्याहाङ हरुले भेटउन सकेनन। जब योङ्याहाङ्हरुले राज कुमार हरुलाई खोज्दा पनि नभेटाएकोले उनिहरु'भेटिएन राजा' भन्दै एकअर्कामा कुरा गरी हिंडेकोले लिम्बु भाषामा मेन्याङ्बो हाङ भन्नुनै राजा भेटिएन हो त्यस समय बाट मेन्याङ्बोहाङ भएको हो भन्ने भनाइ हाम्रो बशाको ईतिहासमा पाईन्छ।



२. आङ्बोहाङ:- जब योङ्याहाङको पुन:आक्रमणबाट बाचेका राजकुमार हरुको १३औ पुस्ता राजा लाहाङ को माइला भाई नामहाङ आठराइ क्षेत्रको राजा भई जादा गडी दरबारको निर्माण नभै सकेको हुँदा उहा केही दिनका लागि प्रजा शहीत सल्लाको रुख मुनी बास बस्न पुगेका थिए। त्यही चर्चा फैलिएकोले 'रुख मुनी बसेको राजा' अर्थात लिम्बु भाषामा 'आङ्बुङ्हाङ' हुन गयो भन्ने भनाइ बंशाको ईतिहासमा पाईन्छ।





३. उसुकहाङ:- थिन्दोलुङ खोक्याहाङ वंशका ११ औ पुस्ताका राजा फुङहाङका जेठा छोरा १२ औ पुस्ताका एरुहाङका सन्ततीहरु जो खोक्लिङ, दोरिम्बा (दुरिङ) क्षेत्रमा बसोबास गर्न थाले, उनिहरु उसुक हुन पुगे। तिनताका त्यहाँका जनताले उसुक राजालाई बिद्रोह गरि परास्ता गरेपछि, एरुहाङको दुई छोराहरु: सेन्दुपहाङ र लेन्दुपहाङ मध्ये जेठा छोरा सेन्दुपहाङ त्यहाँका राजा भए। तत्पाश्चत् उनलाई उसुकहाङ नै भनि सम्बोधन गरियो र कालन्तरमा उनी र उनका सन्ततीहरु उसुक भएका हुन भनिन्छ। By- दुर्यो उसुक (USA)





४. खिम्दिङ:- थेचम्बु बसोबास गर्ने २२औ पुस्ताका पुर्खा धनरुपको पालामा तमरखोले र थेचम्बु बिच सिमा क्षेत्र मा युद्द भएको थियो। पछी आएर मिलमीलाप को सिलसिलामा दोखु काभ्रे खोला,नङ्खोल्याङ स्थित चतुरे डाडा ठाडो सिमाना कायम गरी त्यहा बस्ने अधिकाङ्स मेन्याङ्बो हरु लाई थेचम्बु मा नै ल्याइ बसोबास गराएको थियो। तर थेचम्बुमा आउन इन्कार गर्ने मेन्याङ्बोहरु नङ्खोल्याङ मा नै बसेको देखिन्छ। त्यस पस्च्यात मेन्याङ्बो तमोरखोले हरु सँग मिलेर,टासिएर वसेको हुनाले लिम्बु भाषामा टासिनु लाई खिम्दिङ भनिन्छ। त्यसै बेला देखी उनका शन्तती हरुलाई खिम्दिङ भनिन थालियो र उनिहरु पुर्खा देदेहाङ्का सन्तानहरु मध्ये एक हुन भनी हाम्रो बशाको ईतिहासमा लेखिएको पाईन्छ।

५. खोक्याहाङ:- धेरै बर्ष अगाडि थेचम्बु खाल्टे बाट पूर्व तिर एक हुल मेन्याङ्बो सिकारको खोजिमा हिड्दा उनीहरुको साथ मा एक नाबालक पनि थिए। सिकार को पिछडी दौडदा दौडदै ति बालाक बाटमै छोडिए,फर्की आउँदा ति बालक नभेटिए पछी बाघ भालु ले खाएछ भनी उनिहरु फर्किए छन। तर भाग्य बस पछी सेक्रे का सेनेहाङ पनि सिकारको खोजिमा त्यसै दिसा तिर हिड्दा ति बालक लाई भेट्टाइ आफ्नो गाउ सेक्रे मा ल्याए। ति बालक को हुन को थिए पता लाउन नसके पछी तिनिहरु ले धर्म पुत्र सरह पाले। उनलाई त्यसरी जंगल बन मा भेट्टाएको हुनाले 'खोवाबा हाङ' अर्थात नेपालीमा भेटिएको राजा भन्न थाले। पछी थेचम्बु खाल्टे बाट थाहा पाइ लिना जादा आउन नमनी त्यही बसे त्यसै कारण सेक्रे डुम्रिसे का खोक्याहाङ हरु मेन्याङ्बो नै हुन भनी प्रस्ट बशावलिमा लेखिए को छन। साथै श्री लाख बा मेन्याङ्बो ज्यु को पर्तकक्ष्य कुरा बाट सुन्न पाईन्छ।



६. फक्लेच्छुवा:- राजा एरोहाङ थिन्दोलुङ युहाङ्केप का तिन भाई छोरा हरु मध्ये कान्छा छोरा हुन। बिजयपुरका महाराजा बिजयनाराण सेन ले जेठा थिन्दोलुङ लाहाङ लाई थेचम्बु, माइला थिन्दोलुङ नामहाङ लाई आठराइ र कान्छा थिन्दोलुङ एरोहाङ लाई हाल धनकुटा चौबिसे को राजा बनाइ पठाएँ र उनी पछी फक्लेच्छुवा मा परीणत भएको र हाल उनको सनततीहरु मावारोङमा बसोबास गर्दै छन भनी बशाको ईतिहास ले भनी रहेको छ। साथै श्री लाख बा मेन्याङ्बो ज्यु को पर्तकक्ष्य कुरा बाट सुन्न पाईन्छ।

७. सिवा:- हाङ्वान्छाहाङ को जेठा छोरा पतवा रायका दुइवटी रानी हरु थिए । जेठि पटिको जेठा छोरा युवानहाङ र कान्छा पारीहाङ थिए। परीहाङ र कान्छी रानी ''तेनमाता पगरी'' पटिको छोरा हाङ्पोता छुट्टीएर सिवा खोला तिर गई बसे पछी उनी हरु का सनतती सिवा मेन्याङ्बो भई कहलाए भन्ने हाम्रो बशाको लेख मा लेखिएको देखिन्छ।



यसरी हाम्रा ईतिहासको गर्व भित्र लुकेको बशा दाजु भाई,टाडिएको नाता,फेरिएको बिभिन्न थरहरु लाई आज नजिक र छर्लङ पारीदिएको छ थिन्दोलुङ खोक्याहङ २०५९ को किताब भित्र। फेरी हजारौ बर्षसम्म निस्कृय र लोप भई सकेको बशावली को खोज अनुसन्धान गर्न र लिपिबद्ध गर्न ,गरि राखन अती आबस्यक छ भन्ने आजको एकाईस औ सताब्दिको समयले माग गरिरहेको छ। साथै भबिस्यले पनि गहिरो आँखा गड्ने छन भनी पूर्ण आसा र विश्वाश राखौ!!!!

ल्हासा गोत्र

भारतमा आर्य सभ्यता तथा शासनको थालनि हुन थालेपछि उनिहरुबाट सताईएका किरातहरु तिब्बत तिर लागे। यिनिहरु मध्ये सुवाहाङका छोरा मुनाफेनहाङले तिब्बतमा शासन स्थापना गर्न सफल भए। यिनको लासाहाङ भन्ने छोराले आफु राजा हुँदा तिब्बतिहरुलाई बढी अन्याय गरेको हुनाले जनताले उनलाई मारीदिए। उनका उवाहाङ र चावाहाङ छोराहरुमध्ये जनताले कान्छा चावाहाङलाई राजा बनाएपछि भाईको अधिनमा बस्न नचाहि उवाहाङ दक्षिण, तिब्बत हुदै नेपालको ताप्लेजुङमा आईपुगे। जहाँ सानमकवान किरातिहरु शासन गर्दथे। शुरुमा झगडा भएपनि पछि उनीहरु बीच मिलमिलाप भयो। उवाहाङले किराती गाउँले राजाहरुलाई किराति ऋग्वेद पनि सिकाए भनिन्छ। उनी पछि उनका छोरा माबोहाङ राजा भए।जसले किरातहरुलाई युमा धर्म सिकाए। उनको पुस्ता पछि यिनै किरातिहरु तामाकोशी, सुनकोशी हुदै सिक्किमतिर पनि लागे।

भारतमा आर्य सभ्यताको थालनि हुन थाले पछी वा आर्य प्रभाव आएपछी त्यहाँका किरातिहरु बिस्थापित हुदै नेपालको काठमाण्डौ उपत्यकामा प्रवेश गरेका ईतिहासमा पाईन्छ। उपत्यकामा यस जातिले लामो अवधिसम्म शासन गरे। यसबाट के देखिन्छ भने भारत र नेपाल दुबै ठाउँमा आर्य सभ्यता भन्दा पुर्वनै किरात सभ्यताको बिकास भएको पाईन्छ। दरप्पा र महेनजोदारोको उत्खनन् बाट शिव पार्वतीको मुर्ति फेला परेका छन्। शिवलाई पारुहाङ र पार्वतिलाई सुम्निमा भनी आज पनि किरातिहरुले पुजा गर्दछन्। उत्खनन् बाट किरात सभ्यता सिन्धु सभ्यता भन्दा पनि पुराना देखिन्छ।

ताइसान बंश

बसाई सर्दै जाने क्रममा किरातका एक शाखा चिनमा राज गर्न पुगेको माथि पनि उल्लेख गरिएको छ। उनिहरु गाउँ पिच्छे आपुङगी राज गर्न थाले। पछि यु नामको एक किरातिले धेरै यस्ता साना राज्यहरु गाभेर सामन्त प्रथा चलाए। गाउँमा आपुङगी राजाहरुको लडाई भै रहन्थ्यो। खासगरी चव बंशी कालमा यस्ता युद्व तिब्र हुनाले लडाईबाट हार भै ताईवंशी चिनियाहरुका केहि हुल थाईलेण्ड तिर कोहि बर्मातिर बसाई गए। त्यसै गरि किरातको एक हुल मुनातेम्बे तथा कुशबाट बसाई सराईको क्रममा भारत आए त्यहाँबाट बिस्थापित हुदै आज भन्दा ३००० बर्ष अगि वा ई.पु.१००० तिर बर्मातिर सान प्रदेशमा बसोबास गर्दै जानेहरु आफुलाई ताईसान बंशी कहलाउन थाले भनि ईतिहासमा भनिएको छ। यीनै ताईसान बंशीहरु ब्रहमपुत्र नदिको किनारी मैदानमा गै केहि पुस्ता बसी त्यहाँबाट भारतको आसाम तिर आए। उनिहरु आफुलाई त्यहाँ रहदा श्यानमकवान। त्यहाँबाट उनिहरु नेपालको मोरङ हुदै धनकुटा आई बसोबास गर्न थालेको देखिन्छ। धेरै काल पछडी उनीहरु आठ किरातका बिभिन्न क्षेत्रमा बसोबास गर्न थाले। नेपालको यीनै ताईसान किरात बंशीहरुलाई काशी गोत्र भन्ने पनि गरिन्छ।

डाईरेक्टर श्री अकल बा. मेन्याङबोको भनाई अनुसार ताईसान बंशीनै काशी बंशी 'गोत्र' हुन। ताई बंशीहरु मुनातेम्बे अर्थात क्यास्पियन सागरको छेउछाउबाट अफगानिस्थान हुदै बर्मा र चिनको सिमानामा आई त्यहि ठाउँमा शासन गरी बसे जसलाई शान प्रदेश भन्ने गरिन्छ। ताई बंशी सान प्रदेशमा आई शासन गरेकाले ताई बंशीलाई नै ताईसान बंशी भनिएको हो। कालन्तरमा उत्तरबाट काचिन बंशीहरुले आक्रमण गरि सान बंशीहरुको लगभग हजार जन योद्वाहरुलाई मारिदिए जसलाई ताईसान बंशीहरुले मकवान भन्ने गर्दथे। यस अर्थ शत्रुहरुबाट सान प्रदेशमा बस्नेहरु मध्ये हजारजना मारिएको कारणबाट ताईसान बंशीबाट सान मकवानमा परिवर्तन भएको हो। पराजित भएका सान मकवानहरु पुन नेपाल फर्किए। यिनै ताईसान बंशीहरुनै काशी बंश 'गोत्र' हुन्। जसलाई नेपालमा सान मकवान बंशी भनेर पुकारिन्छ।

काशी बंश

यिनीहरुको मुल थलो मुनातेम्बे मानिन्छ। मुनातेम्बे क्यास्पियन सागरको छेउछाउमा पर्दछ। काशी बंशहरु त्यहि बस्ने गर्दथे। कालान्तरमा आई क्यास्पियन सागर वरिपरि बस्नेहरुलाई काशी बंश भन्ने गरेको अनुमान गरिन्छ। त्यहाँबाट उनिहरु पर्शियाको दक्षिण पश्चिम आई त्यस ठाउँको नाम काशी राखे। जसलाई कुश प्रदेश पनि भनिन्थ्यो। १५ सय इ पु तिर यीनै जातिले बेबिलोनमा शासन् गर्दा ईस्लाम बंशी राजाले हराएपछि नामदिवेर नामका पुरोहितको नेतृत्वमा पुर्वतिर बड्ने क्रममा अफगानिस्थान र हिन्दुस्थान तिर लागे। यसकै एउटा समुह उत्तर हिमालय पहाड तिर गई त्यहाँ सिमाङ्गढ नाम राखे। त्यहिबाट यि जाति डोटी,प्युठान, पाल्पा, कठमान्डौ उपत्याका जिरि तिर आफ्नो राज्य कायम गरि बसेपछि तिनैका बंशहरु मोरङ र तराई बस्ने मेचे कोचे र धिमाल भए।त्यसैको एक हाँगो इलाम पसेर 'दुमे' भए भने अर्को हाँगा त्रीयुगा खोला तरेर ख्वालुङ र रावा, लिखु तिर बसोबास गर्न पुगि बाखोम्बा (हाल खम्बु जातिको शाखा) भएको अनुमान छ।

लिम्बुहरु

मानब जातिको उत्पति उनिहरुको उद्गगमस्थल यसको बिकास प्रक्रीया अति रोचक र रहस्यमय छ।बैज्ञानिकहरु जति-जति खोज अनुसन्धानको क्रममा मानव जातिको अतितको नजिक-नजिक पुग्छन।यसले अझ बढि रोमान्च हाम्रा सामु उभ्याई दिन्छ। यसरी एक दिन हाम्रो अतित कस्तो थिएछ भनि जान्न सफल हुने छौ।हाम्रा मनव पुर्खाहरु को कस्ता थिए भनि उनिहरुलाई हामिले नजिकबाट जान्न समर्थ्य हुने छौ। हालसम्म जाति वा अर्ध मानवजातिमा भेटिएका अवशेषहरु लगभग १ करोड ५० लाख बर्ष पुरानो भएको अनुमान गरिएको छ। बैज्ञानिकहरुको अनुमान अनुसार १० लाख् बर्ष भन्दा अगाडिका अर्ध मानव वा मनव आर्कृतिका जो उभिएर दुई खुट्टा टेकि हिडनसक्थे उनिहरुलाई 'होमो ईरेक्टर्स' जातिका भनिन्थे। त्यसभन्दा अगाडिका मानव जाति के कस्ता थिए बैज्ञानिकहरुको खोज अनुसन्धान जारि छ।बिश्वका धेरै जसो वैज्ञानिकहरुलाई के बिश्वास थियो भने आज भन्दा १० लाख् बर्ष अगाडिसम्म विश्वभरि छरिने क्रममा मानव जातिका पुर्खाहरु नै बांदरको आकृति भएको, ठाडो भएर हिड्न सक्ने जिब जसलाई वैज्ञानिकहरुले 'होमो ईरेक्टर्स' नाम दिएका थिए जुन अफ्रीका महादेसमा पहिलो पटक देखा परेको थियो। उनि नै हाम्रा पुर्खा थिए भन्ने बिस्वास गरेका थिए भने अर्को थरिका वैज्ञानिकहरुका मत भने मानव उत्पति एकै ठाउँमा नभै विश्वको बिभिन्न ठाउँमा अलग अलग भागमा उत्पति भै फिजिदै गएको हो भन्ने थियो। तेस्रो पक्षले यस भन्दा पनि अलग जातिका जसलाई Neanderthal मानव भनिन्थे। उनिहरु हालका युरोपियन जातिका पुर्खा थिए भन्ने मत पेस गर्दै आएका थिए। कारण मानिसहरुको रंङ,रुप, उचाई बनावट र बिभिन्न स्वाभाव आदि नै मुख्य कारण थियो। यसै बिच आज भन्दा १० बर्ष अगाडि मात्र विश्वको बैज्ञानिकहरुले साउथ अफ्रीकामा एक नयाँ मानव अवशेष Fossil फेला पारे यो मात्रा २ लाख बर्ष पुरानो थियो। यो अवशेषलाई अत्याधुनिक मेसिनद्वारा बैज्ञानिकहरुले जाच गरे यसको डि.एन.ए. पनि परिक्षण गरे। यो एक नारिको अवशेष भएको पत्ता लगाए, बैज्ञानिकहरुले यसको नाम 'ईभ' भनि राखे। त्यस पछि बैज्ञानिकहरुले बिश्व सामु आफ्नो अधिकारिक निर्णय सुनाए। उनि 'होमो सेपियन’ जातिकि थिईन। उनि नै आजको हाम्रो मानव जातिको पुर्खा थिइन। उनि यस आधुनिक मानव सभ्यताको मुलि वा पहिलो सृष्टि थिइन। यस खबरले बिश्व भरि सनसनिपुर्ण खबर फैल्यायो। तर आजसम्म 'ईभ' को पति को थिए? र कहाँ को हो पता लगाउन बाँकि छ। बैज्ञानिकहरुको दाबि भने आजको हाम्रो आकृति २५ देखि ३० हजार बर्ष पुरानो मात्र हो भने प्रकृतिको 'ईभोलेसन' प्रकृया जारि छ। पछि गएर हाम्रो हालको आकृति कस्तो हुने हो भनि हाल्न सकिदैन। तर हालसम्म हाम्रो आमा 'ईभ' नै हो भनि साबित भएको छ। बैज्ञानिकहरु र जिवशास्त्रीहरुको खोज र अनुसन्धान अनुसार 'होमो ईरेक्टर्स' र 'होमो सेपियन' दुबै जिवको उत्पति र उद्गगम थलो अफ्रीका महादेसमा भएको ठोकुवा गरेका छन। त्यँहाबाट उनिहरु सुस्त-सुस्त गरि अनुकुल वातावरण र आहाराको खोजिमा ठाँउ सर्दै गए। यो सबै बसाई सराई को क्रममा 'होमो सेपियन' जातिका मानव पुर्खाहरुका एक टोलि ईन्डिया उपमहादेसमा आज भन्दा ६० हजार बर्ष पुर्व आईपुगेका थिए भनि 'द टेलिग्रफ डेलि पत्रीका' को साप्ताहिक बैज्ञानिक पत्रीका (नोहाउ) ले सन् १९९९ को अंकमा प्रकासित 'ईभस्' फुट प्रीन्ट' को अनुसार त्यहाँ आइपुगेको हो। त्यहाँबाट पनि जनसंख्याको चापको कारण अरु कुनै कारणले गर्दा आज भन्दा १० हजार वर्ष अगाडि चिन तिर पनि लागे भने अर्को दल दक्षिण पुर्व ईन्डिया वा जाभा तिर लागे, चिन र दक्षिण एसियाबाट पुन: फर्कि भारत तिर आए। उनिहरु भारत प्रवेश् गर्नु भन्दा पहिलो मध्ये एसियामा आइपुगेका र सम्भवत अफ्रीकाबाट एक टोलि मंगोलिया तिर लागे। मंगोलिया र चिनबाट केहि दल अमेरिकातिर आजभन्दा १५ हजार बर्ष पहिला प्रबेश गरे। त्यस बेला अमेरिका र एसिया जोडिएको थियो। मंगोलिया पुग्नेहरु पुन: मध्यएसियातिर फर्किएर आए। केहि युरोप महदेसतिर लागे भने केहि अफ्रीका महादेसको बिभिन्न ठाउँमा बसोबास गर्न थाले। एक ठुलै दल मध्यएसियामा पसे। यसरि नै हाम्रा पुर्खाहरु विश्वभर छरिएर घुम्न थाले।

मानव जातिको पहिलो उत्पति अफ्रीका महादेसमा भएपछि जब उनिहरुमा केहि चेतनाको बिकास हुन थाले तव त्यस महदेसको उत्तर पुर्वतिर लागेको पाईन्छ। यसरी उनिहरु बिस्तारै-बिस्तारै गर्दै मध्यएसियामा आईपुगे। त्यहाँबाट एक दल भारत उपमहादेसतिर लगे। आज भन्दा अन्दाजि १ करोड ५० लाख वर्ष पहिला त्यहाँबाट पनि अझै सदै पुर्वको चिनतिर पुगे। चिनमा भेटिएका मनव अवशेषहरु १ करोड ४० लाख् बर्ष पुरानो भएको पत्ता लागेको छ जसलाई 'पेकिङ्म्यान' नाम राखे। एक दल दक्षिणपुर्व एसियातिर लागे। त्यहाँ पनि त्यस्तै प्रकारका अवशेषहरु भेटिएको छ। अन्दाजि ७० हजार बर्ष पुरानो जसलाई 'जाभामेन' भनि नाम राखे। अर्को दल मध्यएसियाबाट उत्तरपुर्व हुदै मंगोलिया पुगे तर उनिहरुको बसाई सराई भने जारि रह्यो। उनिहरुको एसिया महादेसमा धेरै पटक ओहोर दोहोर गर्दै रहेको अनुमान छ। तर यहाँ एक रोचक कुरा के छ भने प्राय: जसो सबै मानव जातिका पुर्खाहरु उनिहरुको उद्वगम थलोबात पुर्व दिशातिर लागेको पाईन्छ। आखिर किन? अनुमान लगाउँदा उनिहरुको जति जति बुद्धिको बिकास हुदै गयो मानसिक चेतनाको क्रमश: बिकास हुन थल्यो र सुर्यलाई आफ्नो जन्मदाता सम्झि उसलाई भेट्टाउनलाई नै पुर्वतिर लगेको हुन सक्छन। यहाँसम्म कि भारत र अस्ट्रेलियाको बिचमा हिन्दमहासागर नभएको भए उनिहरु सिधै भारत,अस्ट्रेलिया आईपुग्ने थिए होलान। पश्चिम र उत्तरतिर धेरै बर्ष पछि मात्र गएका पाईन्छ। उनिहरु 'होमो ईरेक्टर्स' बर्गको थिए भन्ने बैज्ञानिक र जिवशास्त्रीहरुको भनाई छ। तर बिभिन्न ठाउँमा छाडि कहाँ गए वा हराए अझ पनि खोज अनुसन्धानको बिषय बनेको छ। यस्तै अवशेष नेपालको बुटवल नजिक तिनाउ नदिको नजिक रहेको गुफामा १ करोड १० लाख बर्ष पुरानो अवशेष फेला परेको छ। त्यसैले नेपाल पनि मानव जातिको उद्वगम थलो हुन सक्ने डा प्रपन्नाचार्यले लेख्नु भएको 'वेदमा के छ' भन्ने बिषयमा वहस हुन नसक्ने ठाउँ छैन।

पुराना किरात वंशहरु पनि बसाई सराईको क्रममा ‘मुनातेम्बे’ भन्ने ठाउँबाट मध्यएसियाको कुश 'काँशी' क्यास्पियन प्रदेसबाट अफगानिस्थानको पहाडि बाटो भएर भारत उपमहादेसमा आजभन्दा लगभग १५ हजार बर्ष पुर्व आईपुगेको अनुमान छ। उनीहरु सिन्ध्र प्रदेस,कास्मिर, पन्जाब, उत्तरप्रदेस हुदै धेरै ठाउँमा राज्य संचालन गरे। उनिहरु धेरै निपुर्ण र सभ्य थिए। त्यस ठाउँमा धेरै उन्नति र प्रगति गरेको अनुमान खोज र अनुसन्धानमा पत्ता लागेको छ। यसै बिचमा उनिहरुसंग चिनाजानि र संगै कुश प्रदेसमा बसेका अर्को थरि मानिसहरुको प्रवेश भारत उपमहादेशमा भयो। उनिहरुलाई आर्य भनिन्थे। आर्यहरु निकै सभ्य थिए। उनिहरु पनि कविला प्राथा कै थिए। आर्यहरु भारत प्रवेश् आजभन्दा ५ देखि ८ हजार बर्ष पुर्व भएको ईतिहासकारहरुको अनुमान छ। आर्यहरुको आगमन पछि केहि किरातहरु भारतको उत्तर खण्ड हिमालतिर लागे। केहि भारतमै त्यहाँका आदिबासि भएर बसे। भारत छोडेर हिडेका एक दल किरातहरु आजभन्दा ३ हजार बर्ष पुर्व बसाई सर्दै बर्माको उत्तर भाग र चिनको पश्चिम सिमानाको सान प्रदेस भन्ने ठाउँमा पुगेका थिए। उनिहरु केहि होचा,पहेला रंग भएका चेप्टो अनुहार, नेप्टो नाख, चिम्सो आँखा हँसिला र एकदम बलिया प्रकारका मानिस थिए। उनिहरुको भाषा र लिपि पनि अति रोचक थियो, उनिहरुले आफुहरुलाई ताईसाई बंशी भन्दथे। जुन आजका आधुनिक दश् लिम्बुको पुर्खा भएको अनुमान छ। हाल दश सरदार लिम्बुहरुको पुरानो सन्तान को को हुन भनि छुट्ट्याउन गारो छ। कारण लामो समय भित्र धेरै परिवर्तन भै सकेको र अरु अरु जातिहरुसंग पनि बिबिध प्रकारका सम्बन्ध र बैबाहिक सम्बन्ध समेत भैइसकेको कारणले पनि ठेट लिम्बु छुट्याउन गारो छ। ईतिहासकारहरुको भनाई अनुसार लिम्बुहरु लिम्बुवान प्रदेशमा तिन तिरबाट प्रवेश् गरेका हुन भनेका छन। जस्तै ताईसान बंशी पुर्ब बाट, ल्हाशाबंशि उत्तरबाट, काशीबंशी 'कास्य' पश्चिमबाट। पुर्बबाट प्रवेश गर्ने सानमकवान बंशीहरु लिम्बुवान प्रबेशको क्रममा केहि बंशहरु आसाममै रहेको र उनिहरु पछि त्यहाँबाट मोरङमा आई राज्य स्थापना गरी बस्न थाले। यी दश सरदारहरुले थाहा पाई उनिहरुलाई उनिहरुलाई त्यहाँबाट लखेटे। उनिहरु त्यहाँबाट उत्तर तिब्बत लागे। त्यहाँ उनिहरुले राज्य गरेको ईतिहासमा पाईन्छ। उनिहरु तिब्बतमा धेरै बर्ष बसेपछि त्यहाँबाट हाल नेपालको ताप्लेजुङ् तिर झरे, उनिहरुलाई लशाबंशि भनिन्छ। उनिहरुले त्यहाँ आई युमा धर्मको प्रचार गरे। आजसम्म पनि लिम्बु जातिहरुमा युमा धर्म मान्ने चलन छ। उनिहरु लिम्बुवानका दश सरदारका बंशहरुसंग समाहित भए। मेन्याङ्बो बंशावलि अनुसार केहि लिम्बुहरु लशाबंशमा पर्दछन, परे पनि लिम्बुहरुले बंशको त्यति महत्व राख्दैनन् र खास यसै हो भन्ने आधार पनि छैन। पुराना ईतिहासकारहरुको भनाईलाई मान्ने हो भने हालका सबै किरातिहरु 'कास्य' बंशका हुन भन्दा फरक नपर्ला। कारण 'कस्य' बंशिहरु मुनातेम्बे भन्ने ठाउँबाटनै आएका हुन। ल्हाशाबंशी ताईसानबंशी र अरु अरु बंशहरु त धेरै पछि मात्र ईतिहासमा देखा परेका हुन। जे होस हाल नेपालमा रहेका आदिबासी जनजाति मध्ये लिम्बु जातिले विशिष्ठ स्थान ओगटेको छ। सामाजिक स्थान, लिम्बुहरुको उच्च छ भने आर्थिक, शैक्षिक क्षेत्रमा भने उनिहरु अरुको दाँजोमा पछाडि परेका छन्। तर उनिहरुले हजारौ बर्ष पुरानो भाषा र लिपिलाई बचाई राख्नु नै लिम्बुहरुको गौरवमय आधुनिक ईतिहास हो। तर उनिहरुको सरल जिवनयापन र सिधापनको कारण उनिहरुले चाहेर पनि राष्ट्रीय निर्माण जस्तो गहन कार्यमा जिम्मेवारि निर्वाह गर्न पाएका छैनन्। यो नै उनिहरुको दु:खत पक्ष हो। यदि नेपाल सबैको साझा देश हो भने यस राष्ट्रको महान निर्माण र बिकास कार्यमा लिम्बु जातिको पनि संलग्नता हुन आबश्यक छ। लिम्बुहरुको ईतिहास रिति थिति ,भषा, लिपिलाई आजसम्म सवल र जिवन्त राख्नलाई लिम्बुहरुको तिन पुरोहितहरुको एतिहासिक जिम्मेवारि रहेको पाईन्छ। लिम्बुहरुको मुख्य मुन्धुम अति सरल छ। यसको मर्म बुझ्नेहरु जो कोहि पनि प्रभावित हुन्छन्। यस मुन्धुमले लिम्बुहरुलाई हजारौ बर्ष देखि एकताको सुत्रमा बाँधिराख्न सफल भएको छ। साधारण ब्याक्ति र पुरोहितद्वारा गरिएको मुन्धुमको बाख्यानमा धेरै अन्तर छ। मुन्धुम ब्याक्त गरेको समयमा पुरोहितहरुमा प्रमात्माको बास बसेको पाइन्छ भने साधारण ब्याक्तिमा प्रमात्माको बास बसेको हुदैन्। त्यस समयमा पुरोहितहरुलाई प्रमात्माले उनिहरु लाई निर्देशित गरिरहेको हुन्छ, जुन सधारण मनिसलाई हुदैन्। यहिनै मुख्य पुरोहित र साधारण मानिसहरुमा अन्तर पाइन्छ। प्रामत्मा चडिरहेको पुरोहितलाई मुन्धुम सुन्न बुझ्न आउनेहरु भने हामी केहि नजान्ने मुर्ख हौ, भुल भयो क्षमा पाउँ भनि बिन्ति चडाउछन्। त्यसैले प्रमात्मा चडेको पुरोहितले अन्य साधारण ब्याक्तिहरुलाई मुर्ख हौ भनि सम्बोधन गर्ने प्रचलन छ।

पुरोहितहरुले मुन्धुमको अतिरिक्त साम-माङ अथवा प्राकृतिक देबि देवताहरुको सहयोग लिई बिमारिहरुको उपचार गर्दछन्।उनिहरुले जडिबुटि पनि उपचारको लागि उपयोग गर्दछन्। यो आज पनि चलनमा छ। यो चलन आदिकालबाटै भै रहेको उनिहरुको भनाई छ। त्यो भन्दा पनि चाखलाग्दो कुरा उनिहरुको तन्त्रबिधा हो। यस बिषयमा धेरैलाई थाहा नहुन सक्छ। यो अति पुरानो बिधा हो। उनिहरु तन्त्रबिधामा निपुर्ण थिए, तन्त्र बिधा कै प्रयोगबाट उनिहरुले बिरमसान,मसान र भुत प्रेतहरुलाई रातभरी खेति गर्न बाटोघाटो, पुल पुलेसो बनाउने काम लगाउँथे। हिजो आज यो एक किसिमले दन्त्य कथा सरह भै सकेको छ। तर यसको प्रभाव गाउँ घर तिर अझ पनि छ। लिम्बुहरुको तिन पुरोहितमध्ये बिजुवा अथवा येबाको मुख्य भुमिका हुन्छ। पुरोहित हुनलाई जो सुकैलाई सिकाएर हुने भने होइन, जसलाई दैवी शक्ति अथवा प्रमात्माले चाहान्छ उसलाई मात्र गुरुले बिधिबिधान रितिरिवाज र तन्त्र मन्त्र सिकाउँछ। येबा हुनलाई तन्त्र मन्त्र सिक्नु कठोर हुन्छ। पुरा बिधा सिक्नलाई तिन चार बर्ष सम्म लग्न सक्छ। गुरुलाई शिष्यले अब सबै कार्य स्वतन्त्र रुपले गर्न सक्छ भन्ने लागे पछि मात्र उसले आफ्नो शिष्यलाई गाउँ घरका सबै मान्यजनको सामु शिक्षा दिक्षा दिने गर्छ, गुरुले शिष्यलाई उपहारको रुपमा सबैको सामु आफ्नो तन्त्र शक्तिद्वारा उत्पादित गरेको कुनै एक बस्तु दिन्छ। उनिहरुको यो रिति अति रोचक र अदभुत मानिन्छ। तर गुरुहरुको खराब नियतले गर्दा आफुले सबै भन्दा राम्रो तन्त्र बिधा राखि अनि मात्र चेलालाई दिने प्रचलन भएकोले आज यस्तो अदभुत तन्त्र बिधा प्राय:जसो लोप भैसकेको छ। ति तिन पुरोहितहरुको कार्य बिभाजन आफ्नो उपाधि अनुसार धर्म कर्मको कर्यमा संलग्न हुनुपर्दछ। फेदाङमाको काम घर भित्रका देवि देवता जन्म मरण आदिको कार्य सम्पादन गर्ने जिम्मा उसको रहन्थ्यो भने 'सम्बा' ले जडिबुटि वा आयुर्वेदिक र जन्म मृतुको लेखा रख्ने जिम्मा रहन्थ्यो भने येबाले मुन्धुमको बाख्यान यसको संरक्षण, दुष्ट प्रेत आत्माबाट मानवलाई सुरक्षित राख्नु अरु येस्ता कैयौ मानव भलाईको लागि कार्य गर्ने उसको जिम्मा हुन्थ्यो। हाल एकै पुरोहितले सबै कर्य गर्ने गरेको पनि पाईन्छ। यसले गर्दा पनि मुन्धुम बिधा र त्रान्त्रीक बिधामा ह्रास आईरहेको छ। हामी लिम्बुहरुले यसलाई जिवन्त राख्नलाई यस प्रति खोज अनुसन्धान गर्नु पर्ने समय आईसकेको छ। साथै पुरोहितहरुलाई प्रचलनमा ल्याउदै गर्नु पर्छ नत्र भने सधैको लागि तन्त्र मन्त्र बिधा मात्र होइन हाम्रो रिति रिवाज र संकृति कै लोप हुने सम्भवना छ। त्यस पछि भने हामि न त लिम्बु न त तागाधारि हुने छौ।

अधिकांश लिम्बुहरु आफुलाई ‘सुर्य बंशि’ हौ भन्दछन तर त्यसको कुनै एतिहासिक प्रमाण फेला पार्न सकेको छैन। कसैले हामी काशी बंशी हौ भनि दाबि गर्नेहरु पनि पाईन्छ तर त्यसको आज सम्म औपचारिक पुष्टि गर्न बाँकि नै छ। पश्चिमतिरबाट काशी बंश वा गोत्र लिम्बुहरु यहाँ प्रवेश गरेका हुन तर यसको पनि आज सम्म भरपर्दो तथ्य प्रमाण हाम्रो सामु छैन। यो खोजको बिषय बनेको छ। यो मेन्यङबो बंशावलिको खोज र अनुसन्धानको क्रममा बंशावलि तयार पार्दा मुख्य वस्तु बिषय भन्दा केही फरक वा बंशावलि संग सिधै मेल नखाए पनि मेन्याङबो बंशले जानि राख्न पर्ने देखिएको र भबिष्यका लेखक तथा खोजकर्ताहरुलाई सहज र सजिलो सिद्व होस् भनि लेखने काम मात्र गरेको हु। यसमा भएका घटनाक्रमहरु, एतिहासिक पक्षहरु र मानव जातिको उदगम थलोको खोजि आज पनि जारि छ। हाल सम्म भेटिएका आदि मानव अबशेषहरु भन्दा अगाडिका पनि नभेटिएला भन्न सकिन्दैन। यहि लेख्लाई नै ठिक छ भन्नु 'मेरो गोरुको बार्है टक्का' भन्नु सरह हुन्छ। हाम्रो पुर्खा आमा 'ईभ' को पतिको खोज पनि जारि छ। मानव उत्पतिको सबुत प्रमाणको लागि भेटिएका अवषेशहरु बिभिन्न समय, काल र बिभिन्न ठाउँबाट उपलब्द भएको हो। अझ भेटिने सम्भवनाहरु प्रसस्त रहेको हुनाले यो नै अन्तिम नभएको सम्पुर्ण मेन्याङबो समुदायहरुमा मेरो हार्दिक अनुरोध् छ।

मानवको उत्पत्ति

वास्तवमा वैज्ञानिकहरुले हालसम्म पत्ता लगाइसकेका प्रमाण र तथ्यहरु अनुसार जिव विकासको लामो अन्तरालसंगै आजभन्दा १ करोड ५० लाख वर्ष अघि दुई ठुला वाँदरहरु(चिम्पानजि र गोरिल्ला)मध्येका पुर्खाबाट पृथक हुँदै ढेडु जस्ता(नर वाँदर) एक खास अति विकसित जातिबाट मानव विकास भएको वैज्ञानिकहरुको भनाइ छ। वैज्ञानिकहरुले यीनिहरुलाई हम्रो इरेक्टेसको संज्ञा दिएका छन्। दार्शनिक फ्रेडरिक एङ्गेल्सले पनि आदिम मानव माथि भनेझै विकसित हुँदै समाज विकसित भएको आफ्नो कृति "परिवार निजि सम्पत्ति और राज्य के उत्पत्ति" मा व्याख्या गर्नु भएको छ। यसरि वाँदरको खास प्रजातिबाट आजभन्दा १० लाख वर्ष अघि अफृका महादेशमा मानव देखा परे जसलाई जिवशास्तृहरुले होमो स्यापिन्स नामकरण गरेकाछन् जुन आधुनिक मानवको पुर्खा मानिन्छ। यसरी क्रमिक विकासको क्रममा आजभन्दा २० हजार वर्ष अघि आधुनिक मानिसको विकस भयो। जिवहरुको उत्पत्ति र विकास बारे वैज्ञानिक मत प्रस्तुत गर्ने सर्व प्रथम चार्ल्स डर्विन थिए। वहाँले सन् १८५९ मा एक पुस्तक प्रकाशन गरि जिव विकाश क्षेत्र मा आमुल परिवर्तन गरिदिए। अफृकाबाट उत्पत्ति भएका मानिसले लाखौं वर्षसम्म शिकार गरेर जिवन धानदथे। शिकारि युगसंगै पशुपालन तथा कृषि युगको विकास हुँदै गयो। जुन बेला ती मानव पुर्खाहरु वनजंगल खोला नाला पर्वत मैदान डुलिरहन्थ्यो। त्यस बखत शिकार नपाउँदा फलफुल,कन्दमुल आदिले पनि जिवन धान्न थाले। यसरी शिकारको क्रममा पृथ्विको विभिन्न भागमा मानिसहरु फैलिए। यसरी जंगली शिकारी युगबाट समाज कृषि युगमा प्रवेश गर्न पुग्यो। शिकारी युगसंगै पशुपालन युगको विकाश भैरहेको बेला शिकारमा सफलता पाउन विभिन्ना उपाय गर्ने क्रममा अद्दृश्य शक्त्तिको कल्पना गरि पुकार गर्ने, आपत विपत पर्दा अद्दृश्य शक्त्तिहरुको प्रार्थना गर्ने,पुर्खा मरेपछि उसको सम्झनामा पुजा गर्ने,खेतिपाती सपृयोस् भनेर कामना गर्ने आदि-आदि काम विभिन्न ठाँउम बसेको मानिसहरुले गर्ने चलन बसाए जसबाट धर्म र संस्कृतिको विकास भयो भने त्यसै गरि भाषा लिपिको विकस पनि यसै युगम भएको देखिन्छ। कुनै खास समस्या आइपर्दा सुचनाको आदान प्रदान आफ्नो ढंगले सांकेतिक भाषामा गर्ने सिलसिलामा लिपिको विकास भएको देखिन्छ। सबैभन्दा पहिले मिश्र त्यसपछि एशिया यूरोपका विभिन्न भागमा लिपिको आविष्कार हुँदै गयो। लिपिको विकास आजभन्दा ६ हजार अथवा ४ हजार इ,पू,मा, भएको विद्वानहरुको मत छ। यसरी अफृकामा उत्पत्ति भएका मानिसहरु पृथ्विको विभिन्न भागमा फैलिने क्रममा मंगोलिया क्षेत्रमा पनि फिरंगिका रूपमा पुगे। आधुनिक र विचारसील मानिस भने विगत ३५ देखि १२/१५ हजार वर्ष पुर्व, लाखौं वर्षको संघर्ष पछि भएको मानिन्छ। मंगोलियाबाट पुन:फैलिएका मानिसहरुलाई हाल मंगोल मुलका रूपम लिइन्छ। आमेरिकी नृवंशशास्तृ मोरगनका अनुसार "परिवार एक सकृय प्रकृयाको शुरुवात हो। परिवार कहिल्ये स्थर रहँदैन र समाजले तल्लो चरणबाट मथिल्लो चरणमा विकास गर्दै गए अनुसार यसमा पनि सधै निम्न रूपबाट उच्च रूपमा संक्रमण गरिरहेको हुन्छ। परिवारले एक लामो अविधि पार गरिसकेपछि मात्र यस प्रथामा प्रगति हुन्छ र त्यसै बेलामा यसमा मौलिक परिवर्तन हुन्छ"। यस अनुसार नै ती विभिन्न युगमा मानव परिवारमा पनि विभिन्न परिवर्तनहरु हुँदै गयो। मानिसको वंशाणु, शारीरिक बनोट आदि फरक कुरालाई आधार मानेर वैज्ञानिकहरुले मानव जातिलाई ५ जातिमा विभाजन गरेका छन्। जसमा Caucasid Negroid, Mongoliod, American,Indian/Australaid eg/Anthropology(E.A. Hoebl, 1966 ed) मा उल्लेख छ। बाँकि सबै यसका उपजाति मात्र हुन।मंगोलियन भनेका मंगोलियनबाट बिस्तार भएका खासगरि बिभिन्न भु-भागमा बसोबास,गर्ने,नेपFल्,चिन,जापान,मलेसिया,ईन्डोनेसिया,स्केन्डेनेभिया,थाईलेन्ड,कम्बोडिया,भितनाम,बर्मा,म्यानमार, भुटान आदि देसमा फैलिएर बसेका जातिहरु पर्दछ।त्यसो त अहिले त्यहा अन्य जाति बसेका छैनन भन्ने होइन।यि सबै मंगोलियनका रुप,डाल,वर्ण,आकार,भाषा भित्र पर्ने किरात जाति पनि एक हो।

जिवको उत्पत्ति

ब्राहमाण्डको अथाह क्यानभासमा अनेकौं कृया प्रतिकृयाहरु भैरहने क्रममा पृथ्विमा पनि यस्ता क्रम जारि नै थियो। जिव शास्तृ तथा विभिन्न वैज्ञानिकहरुका अनुसार पदार्थहरु बिच विभिन्न रसायनिक कृया प्रतिकृयासंगै परिणामत:पृथ्विको पनिमा एककोषिय जिवको उत्पत्ति हुन पुग्यो। यो ६५ करोड वर्ष पहिले भएको अनुमान गरिन्छ। एककोषियबाट बहुकोषिय जिवमा विकास हुदै जलचरवाट थलचर जिवहरुको पनि विकास हुदै गयो। येसको ६ करोड वर्षापछि वा १४१५ करोड वर्षपछि पृथ्विमा महाद्विपिय वहकाउ हुने क्रममा पृथ्वि उत्तर र दक्षिणमा विभक्त हुंदा लोरेसिया र गोन्डवाना गरि २ फ्याकमा पृथ्वि विभक्त भयो। फेरि गोन्डवाना लोप भै लेमुरिया नामको थुलो भुखण्डको उत्पत्ति भयो जसलाई आधुनिक मानवको जन्म र विकास इस्थल मनिन्छ। पछि पृथ्विमा हुने खण्ड प्रलयका क्रममा विशाल महादेशहरु उत्पत्ति र विलय हुँदै हालको ५ महादेशमा विकशित हुन पुगे र अब यस धर्तिमा मानव उत्पत्ति सम्बन्धमा निम्न अनुसार वैज्ञानिक मत पाइन्छ।

पृथ्विको उत्पत्ति

विशाल विष्फोटन वाट सौर्य मण्डलको निर्माण पश्चात रेडियोधर्मि तत्वहरुको तापबाट पग्लिएको धातुको डल्लो जस्तो पृथ्विको स्वरूप निर्माण हुन पुगेको वैज्ञानिकहरुको मत छ। यीनै पृथ्विको गर्भमा निहित रसायनिक तथा अनेकौं कृया प्रतिकृयाबाट पृथ्विमा जल तथा वायुमण्डलिय पदार्थहरुको उत्पत्ति हुन गयो। २० करोड वर्ष पहिले ढिक्को पृथ्विमा भएको वाफ विभिन्न वातावरणिय परिवर्तन,स्वयम् पृथ्विमा भएको विष्फोटन,उथल पुथल,परिवर्तनहरुको फलस्वरूप पृथ्वि सिंगो ढिक्काको रुपमा मात्र नरहि पहाड,खोंच,उपत्यका,खाडल आदि विविधतापुर्ण सतहकृत र पानिको उत्पति भएको मनिन्छ। पृथ्विको उत्पत्ति,विकाश र परिवर्तनका आद्यवातावरणको महत्वपुर्ण हात भएको सबै वैज्ञानिकहरुले स्विकारेका छन् भने वातावरणको मुल श्रोत भनेको जलमण्डल,वायुमण्डल र स्वयम् पृथ्वि नै हो।

ब्राह्माण्डको उत्पति

ब्राहमाण्डमा रहेक तारा तथा ग्रहहरुको उत्पत्ति वैज्ञानिक मत अनुसार एक पिण्डिय सिद्धान्तबाट भएको मानिन्छ। जस अनुसार धुलोवादल मात हो। यसको अर्थ सबै ग्रह एउटै पदार्थबाट बनेको मानिन्छ। वायुमण्डलमा घुमिरहेको अथाह धुलोको कण वायु पदार्थ निस्केर र सायनिक तथा भौतिक कृया प्रतिकृयाद्वारा शक्तिशालि सुर्यको उत्पत्ति भयो। धुलो,वायु र ताप शक्ति आदिको(पदार्थहरु न्युट्रोन इलेक्ट्रोन प्रोटन)मुख्य समिकरण तथा रसायनिक प्रतिकृयाबाट सुर्यको विष्फोटनबाट विभिन्न तारा,ग्रहहरु ब्राहमण्डको संरचना भयो र आजसम्म विकाश कै गतिमा छ। त्यो विष्फोटको समय करिब १० अरब ३० करोड वर्ष पहिले भएको अनुमान छ। त्यहि सुन्य समयपछि पनि तारा मण्डलहरुको उत्पत्तिका घटनाक्रमहरु जारि छन्।