गोत्र

पुर्खा थिन्दोलुङ खोक्याहाङ का बिभिन्न सन्ततीहरु

१, मेन्याङ्बो:- थिन्दोलुङ खोक्याहाङ हस्तपुर गढीमा बसी राज गर्न थाले। उहा कै पुस्ता ८औ मेमेहाङ का शासनकाल चलिरहेको थियो। त्यसै बेला राज्य सन्चालन सहयोगी 'योङ्याहाङ' हरुले १, केरुङ २, तावा ३, जबेगु बशाका लिम्बु हरु को सहयोग लिई राज बिध्रोह गरी मेमेहाङ्लाई हस्तपुर यक बाट हटाउन सफल भए। त्यस पछी मेमेहाङ थेचम्बु मा आई राज्य गर्न थाले। यो घटना १४७७-१४८० तिर भएको अनुमान छ। मेमेहाङ्का १२औ पुस्ता आई पुग्दा थेचम्बुमा राजा थिन्दोलुङ युहानकेप को शासनकाल थियो। त्यहा पनि योङ्याहाङ हरुले पुन:अचानक आक्रमण गरे। त्यस युद्द मा राजा रानी लगायत पर्जा पनि धेरैको मृत्‍यु भए भनिन्छ। यो युद्द तीन दिन सम्म चलेको अनुमान छ। त्यसै बेला थिन्दोलुङ युहाङ्केपका तीन नाबालक राज कुमार हरु पनि थिए,तर जनताले राज कुमार हरु लाई लुकाएका हुनाले योङ्याहाङ हरुले भेटउन सकेनन। जब योङ्याहाङ्हरुले राज कुमार हरुलाई खोज्दा पनि नभेटाएकोले उनिहरु'भेटिएन राजा' भन्दै एकअर्कामा कुरा गरी हिंडेकोले लिम्बु भाषामा मेन्याङ्बो हाङ भन्नुनै राजा भेटिएन हो त्यस समय बाट मेन्याङ्बोहाङ भएको हो भन्ने भनाइ हाम्रो बशाको ईतिहासमा पाईन्छ।



२. आङ्बोहाङ:- जब योङ्याहाङको पुन:आक्रमणबाट बाचेका राजकुमार हरुको १३औ पुस्ता राजा लाहाङ को माइला भाई नामहाङ आठराइ क्षेत्रको राजा भई जादा गडी दरबारको निर्माण नभै सकेको हुँदा उहा केही दिनका लागि प्रजा शहीत सल्लाको रुख मुनी बास बस्न पुगेका थिए। त्यही चर्चा फैलिएकोले 'रुख मुनी बसेको राजा' अर्थात लिम्बु भाषामा 'आङ्बुङ्हाङ' हुन गयो भन्ने भनाइ बंशाको ईतिहासमा पाईन्छ।





३. उसुकहाङ:- थिन्दोलुङ खोक्याहाङ वंशका ११ औ पुस्ताका राजा फुङहाङका जेठा छोरा १२ औ पुस्ताका एरुहाङका सन्ततीहरु जो खोक्लिङ, दोरिम्बा (दुरिङ) क्षेत्रमा बसोबास गर्न थाले, उनिहरु उसुक हुन पुगे। तिनताका त्यहाँका जनताले उसुक राजालाई बिद्रोह गरि परास्ता गरेपछि, एरुहाङको दुई छोराहरु: सेन्दुपहाङ र लेन्दुपहाङ मध्ये जेठा छोरा सेन्दुपहाङ त्यहाँका राजा भए। तत्पाश्चत् उनलाई उसुकहाङ नै भनि सम्बोधन गरियो र कालन्तरमा उनी र उनका सन्ततीहरु उसुक भएका हुन भनिन्छ। By- दुर्यो उसुक (USA)





४. खिम्दिङ:- थेचम्बु बसोबास गर्ने २२औ पुस्ताका पुर्खा धनरुपको पालामा तमरखोले र थेचम्बु बिच सिमा क्षेत्र मा युद्द भएको थियो। पछी आएर मिलमीलाप को सिलसिलामा दोखु काभ्रे खोला,नङ्खोल्याङ स्थित चतुरे डाडा ठाडो सिमाना कायम गरी त्यहा बस्ने अधिकाङ्स मेन्याङ्बो हरु लाई थेचम्बु मा नै ल्याइ बसोबास गराएको थियो। तर थेचम्बुमा आउन इन्कार गर्ने मेन्याङ्बोहरु नङ्खोल्याङ मा नै बसेको देखिन्छ। त्यस पस्च्यात मेन्याङ्बो तमोरखोले हरु सँग मिलेर,टासिएर वसेको हुनाले लिम्बु भाषामा टासिनु लाई खिम्दिङ भनिन्छ। त्यसै बेला देखी उनका शन्तती हरुलाई खिम्दिङ भनिन थालियो र उनिहरु पुर्खा देदेहाङ्का सन्तानहरु मध्ये एक हुन भनी हाम्रो बशाको ईतिहासमा लेखिएको पाईन्छ।

५. खोक्याहाङ:- धेरै बर्ष अगाडि थेचम्बु खाल्टे बाट पूर्व तिर एक हुल मेन्याङ्बो सिकारको खोजिमा हिड्दा उनीहरुको साथ मा एक नाबालक पनि थिए। सिकार को पिछडी दौडदा दौडदै ति बालाक बाटमै छोडिए,फर्की आउँदा ति बालक नभेटिए पछी बाघ भालु ले खाएछ भनी उनिहरु फर्किए छन। तर भाग्य बस पछी सेक्रे का सेनेहाङ पनि सिकारको खोजिमा त्यसै दिसा तिर हिड्दा ति बालक लाई भेट्टाइ आफ्नो गाउ सेक्रे मा ल्याए। ति बालक को हुन को थिए पता लाउन नसके पछी तिनिहरु ले धर्म पुत्र सरह पाले। उनलाई त्यसरी जंगल बन मा भेट्टाएको हुनाले 'खोवाबा हाङ' अर्थात नेपालीमा भेटिएको राजा भन्न थाले। पछी थेचम्बु खाल्टे बाट थाहा पाइ लिना जादा आउन नमनी त्यही बसे त्यसै कारण सेक्रे डुम्रिसे का खोक्याहाङ हरु मेन्याङ्बो नै हुन भनी प्रस्ट बशावलिमा लेखिए को छन। साथै श्री लाख बा मेन्याङ्बो ज्यु को पर्तकक्ष्य कुरा बाट सुन्न पाईन्छ।



६. फक्लेच्छुवा:- राजा एरोहाङ थिन्दोलुङ युहाङ्केप का तिन भाई छोरा हरु मध्ये कान्छा छोरा हुन। बिजयपुरका महाराजा बिजयनाराण सेन ले जेठा थिन्दोलुङ लाहाङ लाई थेचम्बु, माइला थिन्दोलुङ नामहाङ लाई आठराइ र कान्छा थिन्दोलुङ एरोहाङ लाई हाल धनकुटा चौबिसे को राजा बनाइ पठाएँ र उनी पछी फक्लेच्छुवा मा परीणत भएको र हाल उनको सनततीहरु मावारोङमा बसोबास गर्दै छन भनी बशाको ईतिहास ले भनी रहेको छ। साथै श्री लाख बा मेन्याङ्बो ज्यु को पर्तकक्ष्य कुरा बाट सुन्न पाईन्छ।

७. सिवा:- हाङ्वान्छाहाङ को जेठा छोरा पतवा रायका दुइवटी रानी हरु थिए । जेठि पटिको जेठा छोरा युवानहाङ र कान्छा पारीहाङ थिए। परीहाङ र कान्छी रानी ''तेनमाता पगरी'' पटिको छोरा हाङ्पोता छुट्टीएर सिवा खोला तिर गई बसे पछी उनी हरु का सनतती सिवा मेन्याङ्बो भई कहलाए भन्ने हाम्रो बशाको लेख मा लेखिएको देखिन्छ।



यसरी हाम्रा ईतिहासको गर्व भित्र लुकेको बशा दाजु भाई,टाडिएको नाता,फेरिएको बिभिन्न थरहरु लाई आज नजिक र छर्लङ पारीदिएको छ थिन्दोलुङ खोक्याहङ २०५९ को किताब भित्र। फेरी हजारौ बर्षसम्म निस्कृय र लोप भई सकेको बशावली को खोज अनुसन्धान गर्न र लिपिबद्ध गर्न ,गरि राखन अती आबस्यक छ भन्ने आजको एकाईस औ सताब्दिको समयले माग गरिरहेको छ। साथै भबिस्यले पनि गहिरो आँखा गड्ने छन भनी पूर्ण आसा र विश्वाश राखौ!!!!

ल्हासा गोत्र

भारतमा आर्य सभ्यता तथा शासनको थालनि हुन थालेपछि उनिहरुबाट सताईएका किरातहरु तिब्बत तिर लागे। यिनिहरु मध्ये सुवाहाङका छोरा मुनाफेनहाङले तिब्बतमा शासन स्थापना गर्न सफल भए। यिनको लासाहाङ भन्ने छोराले आफु राजा हुँदा तिब्बतिहरुलाई बढी अन्याय गरेको हुनाले जनताले उनलाई मारीदिए। उनका उवाहाङ र चावाहाङ छोराहरुमध्ये जनताले कान्छा चावाहाङलाई राजा बनाएपछि भाईको अधिनमा बस्न नचाहि उवाहाङ दक्षिण, तिब्बत हुदै नेपालको ताप्लेजुङमा आईपुगे। जहाँ सानमकवान किरातिहरु शासन गर्दथे। शुरुमा झगडा भएपनि पछि उनीहरु बीच मिलमिलाप भयो। उवाहाङले किराती गाउँले राजाहरुलाई किराति ऋग्वेद पनि सिकाए भनिन्छ। उनी पछि उनका छोरा माबोहाङ राजा भए।जसले किरातहरुलाई युमा धर्म सिकाए। उनको पुस्ता पछि यिनै किरातिहरु तामाकोशी, सुनकोशी हुदै सिक्किमतिर पनि लागे।

भारतमा आर्य सभ्यताको थालनि हुन थाले पछी वा आर्य प्रभाव आएपछी त्यहाँका किरातिहरु बिस्थापित हुदै नेपालको काठमाण्डौ उपत्यकामा प्रवेश गरेका ईतिहासमा पाईन्छ। उपत्यकामा यस जातिले लामो अवधिसम्म शासन गरे। यसबाट के देखिन्छ भने भारत र नेपाल दुबै ठाउँमा आर्य सभ्यता भन्दा पुर्वनै किरात सभ्यताको बिकास भएको पाईन्छ। दरप्पा र महेनजोदारोको उत्खनन् बाट शिव पार्वतीको मुर्ति फेला परेका छन्। शिवलाई पारुहाङ र पार्वतिलाई सुम्निमा भनी आज पनि किरातिहरुले पुजा गर्दछन्। उत्खनन् बाट किरात सभ्यता सिन्धु सभ्यता भन्दा पनि पुराना देखिन्छ।